धनगढी पोष्ट
बुधबार, ०२ साउन २०८१ मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित कच्ची सडक खण्डबाट सोही ठाउँ बस्ने २५ वर्षीय रमेश जोशी पक्राउ परेका हुन्।
जोशीलाई २ सय ६६ दशमलब ६६ ग्राम लागूऔषध (गाँजा) सहित मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
गाँजासहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।