धनगढी पोष्ट
बुधबार, ०२ साउन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बुद्ध मन्दिरमा रहेको बसुन्धरा फेन्सी पसलमा चोरी भएको छ ।
बुधबार बिहान पश्चिम तर्फको सटरमा लगाएको ताल्चा फोडेर र ¥याकको सिसा काटी चोरी भएको हो ।
सुनको कानमा लगाउने टप, तीन आनाको सुनको औँठी र विभिन्न लुगा कपडाहरु चोरी भएको फेन्सी पसलका संञ्चालक गिरीप्रसाद भण्डारीले बताए । ९० हजार भन्दा बढीको चोरी भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहोराले चोरीमा संग्लनको खोजी भईरहेको बताए ।