धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

धनगढी । कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ ।

नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो ।

बुधबार भएको सडक दुर्घटनामा उनको निधन भएको थियो । कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।