धनगढी पोष्ट
शुक्रबार, ०४ साउन २०८१ मा प्रकाशित
कैलाली । आफैले ल्याएको बजेटबारे छलफल नै नगरेर सुदुरपश्चि प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश सरकारको सिफारिशमा सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
असार १ गते प्रदेश सरकारले बजेट ल्याए पनि प्रदेश सभामा बजेटबारे छलफल नै भएको छैन ।
काठमाण्डौमा रहेका प्रदेश प्रमुख मियाले काठमाण्डौबाट नै बजेट अन्त्यको निर्णय गरेका हुन् । गत असार २९ गतेदे देखि नै मिया काठमाण्डौमा छन् ।