धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बजाजको पल्सर एन १५० मोटरसाइकल धनगढी बजारमा

बजाजको पल्सर एन १५० मोटरसाइकल धनगढी बजारमा

धनगढी । धनगढीमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता दिनेश अटोमोटिक्सले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।

धनगढीमा शुक्रबार दिनेश अटोमोटिक्सले एक कार्यक्रमका बिच पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको हो ।

यस पल्सर एन १५० मा रहेको आकर्षक फिचर भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको कल तथा एसएमएस अलर्ट र साथमा युएसबी चार्जिङ पोर्ट पनि रहेको  दिनेश अटोमोटिक्सको उप-महाप्रबन्धक तेज बमले बताए ।

यसमा स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने उनले बताए । 

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको उनले बताए ।  यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि रहेको उनले बताए । 

पल्सर एन १५० मा अगाडि र पछाडि दुवै टायर टयुब्लेश रहेको छ भने १४ लिटरको फिउल ट्याङ्की रहेको छ । पल्सर एन १५० को बजार मूल्य तीन लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

दिनेश अटोमोटिक्सका डाइरेक्टर र प्रबन्धक बमले संयुक्त पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेका थिए ।