धनगढी पोष्ट
शुक्रबार, ०४ साउन २०८१ मा प्रकाशित
दार्चुला । महाकाली किनारमा बाख्रा चराउन गएकी बालिका बेपत्ता भएकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता रहेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसोतिर महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बेपत्ता भएको खबर शुक्रबार बिहान प्रहरीलाई दिइएको छ ।
घर परिवार र स्थानीयहरूले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि अझै फेला नपरेको जानकारी प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
प्रहरी निरीक्षक केसीले बालिका महाकाली नदीमा बगेकी हुन सक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।