धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

धनगढी । अल्पमतमा परेकोले तत्कालराजीनामादिनमाग गरिरहेको बेला मुख्यमन्त्री  दिर्घबहादुर सोडारीले आर्थिक बर्ष २०८१/०८२ को बजेटकालागिअध्यादेश ल्याउने तयारी  गरेका छन् ।

सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बजेट बधिवेशनअन्त्य गरेको लगत्तै प्रदेश सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ ।

‘प्रदेशलाई बजेट शुन्यतामा राख्ने कुरा भएन ।’प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्रीअक्कलबहादुर रावल भन्छन् ‘संसद अन्त्य भएपछि बाटो पनि खुलेको छ । अब चाडै अध्यादेश मार्फत बजेट ल्याउछौं ।’

गत असार १ गते प्रदेश सरकारले ३१ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । बजेट ल्याएको ३५ दिनबितिसक्दापनि संसदमा बजेटबारे छलफलनगरेर सरकारले बजेट अधिवेशनको अन्त्य गरेको हो । असार ३० गते नै प्रदेश सरकारले  बजेट अधिवेशनको अन्त्यको सिफारिश पठाएको थियो ।

सोहीदिन अधिवेशन अन्त्य भए ३१ गते नै बजेट अध्यादेश ल्याउने सरकारले तयारी गरेको थियो ।  तर प्रदेश प्रमुख सोहीदिन काठमाण्डौ गएकाले अधिवेशनअन्त्य हुन सकेन ।

त्यसपछिप्रदेश सरकारले हुलाक मार्फत  अधिवेशन अन्त्यको सिफारिश काठमाण्डौमा पठाएको थियो ।सिफारिसपत्र काठमाण्डौ निवासमै  पुगेपछि प्रदेश प्रमुखले  साउन ३ गते बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

जलस्रोत तथा सहरी विकास मन्त्री अक्कलबहादुर रावलअध्यादेश तयारी अवस्थामा रहेको बताउँछन् । ‘हामीतयारी अवस्थामाछौं । अध्यादेशको सिफारिश आजै पनि हुनसक्छ ।’ 

रावलभन्छन् ‘तर अध्यादेश जारी नहुने हो कि भन्ने खतरा पनि छ ।’ बजेट अधिवेशनअन्त्यको सिफारिश गरेको 

लामोसमय पछि मात्रअधिवेशनअन्त्य भएको उदाहरण दिदै रावलले भने ‘सरकारले सिफारिश गरेको अध्यादेश  प्रदेश प्रमुखबाट जारी नहोस् भन्नकालागि सरकारसमन्वय गरिररहेको छ ।’