धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका प्रदेश प्रमुखले आह्वान गरे प्रदेश सभाको विशेष अधिवेशन

सुदूरपश्चिमका प्रदेश प्रमुखले आह्वान गरे प्रदेश सभाको विशेष अधिवेशन

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख जजिर मियाँले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको भोलिपल्टै विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले बिहीबार राति १२ बजेटबाट लागू हुनेगरी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको भोलिपल्टै विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए ।

सचिव बोगटीका अनुसार प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् । 

प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाई बढि प्रदेश सभा सदस्यको माग अनुसार विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए ।

संविधानको उक्त धारामा प्रदेश सभाका एक चौथाई सांसदले अधिवेशन बोलाउन माग गरेको खण्डमा प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ ।

असार २९ गते प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख मियाँले बिहीबार मात्र प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए ।