एक ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन : शेखर

एक ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन : शेखर

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट नभएको बताएका छन् । अब जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो । यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’

वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए ।