धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइभन्दा बढीको विश्वास

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइभन्दा बढीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।कांग्रेस–एमाले मिलेसँगै ३० असारमा चौथोपटक प्रधानमन्त्री बनेका उनले दुईतिहाइभन्दा बढी सांसदको विश्वास मत पाएका हुन्। 

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा १८८ मत प¥यो। विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा  १  मत प¥यो। मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए।

 यसअघि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले २८ वैशाखमा विश्वास गुमाएपछि ओली सोही धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् तर ओलीको नियुक्ति प्रक्रिया विवादित बन्न पुगेको छ। 

एउटा उपधाराबमोजिमको सरकारले विश्वास गुमाएपछि स्वतः अर्को उपधाराबमोजिम नयाँ सरकार गठन हुनुपर्नेमा उही उपधारामा टेकेर ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ।

उक्त रिटमाथि आइतवार नै प्रारम्भिक सुनुवाइ भयो। अब प्रधानमन्त्री नियुक्ति प्रक्रिया विवादको छिनोफानो सर्वोच्चको संवैधानिक इजलासले गर्नेछ।