धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कर्णालीमा माओवादी मन्त्रीहरूले राजीनामा बुझाए

कर्णालीमा माओवादी मन्त्रीहरूले राजीनामा बुझाए

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुले राजीनामा बुझाएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी सामूहिक  राजीनामाको घोषणा गरेका थिए।

पत्रकार सम्मेलन सकिएलगत्तै मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।

कर्णाली प्रदेशमा माओवादीबाट अर्थमन्त्रीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।

केन्द्रको समीकरण फेरिएर माओवादी केन्द्र प्रतिपक्षमा पुगेसँगै यो पार्टी सातै प्रदेशमा पनि सत्ताविमुख हुने अवस्थामा पुगेको हो।

हिजो मात्रै बागमती र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रको नेतृत्वमा रहेका दुवै सरकारले राजीनामा दिनुपरेको थियो।