धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौँ । भरतपुर विपी कोइराला मेमोरयिल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घुससहित पक्राउ गरेको छ।

अख्तियार हेटौंडाको टोलीले उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको हो। अख्तियारले स्टिङ अपरेशनकाक्रममा भरतपुर–४ स्थित एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले औषधि आपूर्तिको रकम भुक्तानी दिए वापत घुस लिएको आरोपमा कोइरालालाई रङ्गेहात पक्राउ गरेको जानकारी दिए।