धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बेहडाबाबा मन्दिरको नयाँ गुरुयोजना सार्वजनिक

बेहडाबाबा मन्दिरको नयाँ गुरुयोजना सार्वजनिक

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको नयाँ गुरुयोजना सार्वजनिक गरिएको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा सोमबार एक कार्यक्रमका बिच मन्दिरको नयाँ गुरुयोजना सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव झलकराम अधिकारीले मन्दिरको नयाँ गुरुयोजना सार्वजनिक गरेका थिए ।

कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव अधिकारीले मन्दिरलाई आवश्यक पर्ने सहयोग गर्न आफू कटिबद रहेको बताए । मन्दिरका लागि मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनले बताए । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बेहडाबाबा मन्दिर धनगढीको मात्र नभई प्रदेशकै गहनाका रुपमा रहेको बताए । मन्दिरका कारणले गर्दा वडालाई समेत चिनाउन मदत पुगेको उनले बताए । 

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीले आफूहरुको लामो सग्रस पछि पूरातत्व विभागमा मन्दिर दर्ता गर्न र डीपीआर बनाउन सफल भएको बताए । नयाँ बने मन्दिरको लागत १२ करोड ६१ लाख रुपैयाँ लागत लाग्ने उनले बताए । 

अबको ५ वर्ष भित्रै नयाँ मन्दिर निर्माण गर्न तयारीमा लागेको उनले बताए । अब बने संरचनाहरु विना सिमेन्ट र सरीयाले बने उनको भनाइ छ । 
पंन्चायनका चारवटा मन्दिर, एउटा मूल मन्दिर, बह्रामण बस्ने घरहरु, पाँच वटा होमकुण्डहरु, आधुनिक चौतारा र दुई वटा गेटहरु निर्माण हुने उनले बताए ।

चालु आर्थिक वर्षबाटै काम सुरु हुने उनले बताए । मूल मन्दिर एक वर्ष भित्रै सम्पन्न गर्न उदेश्य रहेको उनको भनाइ छ ।