धनगढी पोष्ट
मङ्गलबार, ०८ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा पत्र सुनाउँदै सकिएको छ ।
मंगलबार बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र सुनाएका थिए ।
भण्डारीले प्रदेश प्रमुखले एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यहरूले अधिवेशन आह्वान गरेको व्यहोराको पत्र सुनाएका हुन् ।
त्यसपछि सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगीत गरेका हुन् ।