धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले बिश्वासको मत लिइसक्न ९ दिन बाँकी रहदा हेरफेर गरेका हुन् ।

चार महिनामा ४ पटक मन्त्रीमण्डल हेरफेर

चार महिनामा ४ पटक मन्त्रीमण्डल हेरफेर

धनगढी । अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले चौथो पटक मन्त्रीमण्डल हेरफेर गरेका छन् ।

प्रदेश सभामा बिश्वासको मत लिइसक्नु पर्ने ९ दिन बाकी रहदा  मुख्यमन्त्री सोडारीले बिहीबार नेकपा एकीकृत समाजवादी र  नेकपा माओवादीका एक एक जनालाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

बैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त भएका सोडारीले वैशाख १८ गते, जेठ २८ गते, असार १६ गते र साउन १० गते प्रदेश सरकारको मन्त्रीपरिषदमा कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेका हुन् । 

नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसंगै रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिइएको छ । 

नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालय र लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय, टिका थापालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, र एकिकृत समाजवादीकी माया पन्त लाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ  ।

मुख्यमन्त्री सोडारीले असार १६ गते सात मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएका थिए । वर्तमान प्रदेश सरकारले साउन ६ गते प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित  पुरानै सात मन्त्रालय कायम गरेको थियो ।