धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका श्रृंगारका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी–२ ट्राफिक चौराहा र भजनी–५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५४ हजार ७३० मुल्य बराबरको सुट, कडा–चुरी, लिपिस्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामान, चप्पल र रसायनिक मलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।