धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

एक हप्ता नवित्दै भजनीमा तटबन्धन भासियो

एक हप्ता नवित्दै भजनीमा तटबन्धन भासियो
फाईल तस्विर

जयबहादुर बुढा

भजनी

  बाढीले तट्वन्ध भत्काउदा भजनी ३ कुसुमघाट गाँउ जोखिममा परेको छ । जलस्रोत तथा सिचाइँ कार्यालय धनगढीले निर्माण गरेको तटवन्ध सम्पन्न भएको एक हप्तामै भासिएको हो ।

 कान्द्रा नदिमा गरिएको तटवन्ध भासिदा नदि कटान बढेर करिव २ सय ९५ घरधुरी जोखिममा परेका छन् । केहि दिन यता भईरहेको अबिरल बर्षाका कारण कान्द्रा नदिमा आएको वाढीले तटबन्धन जोखिममा परेको हो । असार २८ गते सम्पन्न गरेको तट्वन्ध साउन ३ गते भासिएको हो । असार ५ गते जलस्रोत तथा सिचाइँ कार्यालय धनगढीसँग २८ लाख बजेटमा तट्वन्ध गर्ने सम्झौता भएको निर्माण उपभोक्ता समिती अध्यक्ष हिरासिह बोहराले बताए ।

  आर्थिक वर्षको अन्तिम समयमा सम्झौता भएकाले लक्ष्य अनुसार काम गर्न नसकेको बोहरा बताउछन् । ढिलो सम्झौता हुदा १६ लाख रकम बरावरको मात्र काम भएको अध्यक्ष बोहराले बताए । बर्षातमा काम शुरु हुदा पानी बढेर ३० मिटर काम नभएपछि कान्द्रा नदिले कटान तिब्र पारेको हो ।

  नदिले कटान तिव्र पारेपछि नजिकै रहेको दुर्गा मावि कुसुघाट उच्च जोखिममा छ । नदि र विद्यालयको दुरि ५÷७ मिटर मात्र छ । नदि कटान रोकथाम नभए विद्यालयको भौतिक संरचना समाप्त हुने स्थानीय नारायण ओझाले बताए । ओझाका अनुसार  १ सय ७३ घरधुरी कनैयापुर र १ सय २२ घरधुरी कुसुमघाटका प्रभावित भएका छन् । यसै गरी शसस्त्र बेस क्याम्प कुसुमघाट कटान क्षेत्रवाट मात्र १० मिटरको दुरीमा रहेको छ ।  

   शसस्त्र प्रहरी निरिक्षक मुक्ती खड्काका अनुसार स्थानीयवासी र शसस्त्र प्रहरीको प्रयासमा नदि कटान नियन्त्रणको प्रयास भएको बताए । भजनी नगरपालिकाले कट्टा उपलव्ध गराएपछि माटो भरेरे बैकल्पिक नदि कटान रोकथाम गरिएको छ ।

     भजनी नगरपालिका ३ नम्वर वडा अध्यक्ष विक्रम चौधरीका अनुसार लकडाउनको कारण देखाउदै ठेकदारले काम नगरेपछि बाध्य भएर वर्षातमा काम गरेको बताए । अध्यक्ष चौधरीले नदि कटान रोक्न जैविक तट्वन्ध निर्माण गरिने  बताए । भजनी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हरिराम चौधरीले काम ढिलो शुरु भएको स्वीकार   गरे । अधिकृत चौधरीले नदि रोकथाम गर्न नगरपालिकावाट सहयोग गर्ने बताए ।