धनगढी पोष्ट बिहिबार, २२ कार्तिक २०८१   November 7, 2024

संसद बैठकमा प्रतिपक्षदलहरुले खोजे टर्च बालेर सरकार

संसद बैठकमा प्रतिपक्षदलहरुले खोजे टर्च बालेर सरकार

धनगढी  ।  सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको प्रतिनिधित्व नभएपछि विपक्षी दलका सांसदहरुले दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन् ।  

सोमबार संसद छल्ने सरकारको विरोधमा प्रदेश सभा भवनको मूल प्रवेशद्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन् ।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।