धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

साँफे–मार्तडी राजमार्ग खुल्यो

साँफे–मार्तडी राजमार्ग खुल्यो

बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ । 

बडीमालिका नगरपालिका –६ स्थित नुनेपानीमा खहरे खोलानजि खसेको पहिरो मंगलबार राति पन्छाएपछि सडक सुचारु भएको हो । पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।