धनगढी पोष्ट
बुधबार, ०७ साउन २०७७ मा प्रकाशित
धनगढी
घरमा आयोजना गरिएको पुजाका लागि तयारी गर्दै गरेका बाजुरा बुढीगंगा नगरपालिका–१ का वडा अध्यक्षको बुधबार मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष राजेश कुमार सिंहको आज बिहान पुजाको तयारी गर्दै गर्दा एक्कासी छाती दुखेको र केही छिनमै मृत्यु भएको बुढीगैगा नगरपालिकाका मेयर दिपक शाहले बताए ।
६८ वर्षे सिंहको मृत्युको कारण यकिन नभए पनि हृदयघातका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको मेयर शाहले बताए । ‘घरमा आयोजना गरिएको पूजाका लागि वडा अध्यक्ष बिहानै देखी काममा व्यस्त थिए’ मेयर शाहले भने–‘तर एक्कासी छाति दुखेको भन्दै पल्टिएका उनको केहिछिनमै मृत्यू भएको हो ।’
वडा अध्यक्ष सिंह उच्च रत्तचापका बिरामी रहेर औषधी सेवन गर्दै आएका थिए । सिहं नेपाली काँग्रेसट निर्वाचित वडा अध्यक्ष हुन् ।