धनगढी पोष्ट आइतबार, ०४ फागुन २०८१   February 16, 2025

सुदूरपश्चिममा सकियो धान रोपाई

सुदूरपश्चिममा सकियो धान रोपाई

सुदूरपश्चिममा यो वर्षको धान रोपाई सकिएको प्रदेशका नौ जिल्लामा ९९ दशमलव ५५ प्रतिशत रोपाई सकिएको हो कृषि विकास निर्देशनालयका अनुसार धान रोपाई हुने एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर क्षेत्रफल मध्ये एक लाख ७३ हजार सात सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको

विगतका वर्षभन्दा केही दिन मात्रै ढिला गरी बर्खे धान रोपाई शुरु भएता पनि रोपाई ठीकै समयमा सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए

यसपाली रोपाई त्यही चार÷पाँच पर्सेन्ट जति मात्र ढिला भाको हो, खासै त्यस्तो धेरै ढिलो भाको हैन, उनले भने, ‘नियमित रुपमा पानी नप¥या हुनाले एकैचोटी बाढी आउने गरी आयो, त्यसपछि आउँदै आएन, त्यही भएर धेरै फरक ¥या छैन चार÷पाँच पर्सेन्ट हो उनले रोपाई विगतकै समय अनुसारै सम्पन्न भएको बताए

प्रदेशका नौ जिल्लामध्ये जिल्ला (कैलाली, कञ्चनपुर, बाजुरा, बझाङ, अछाम डडेल्धुरा ) मा शतप्रतिशत रोपाई भइसकेको निर्देशनालयको तथ्याङ्क कैलालीमा ६७ हजार चार सय ६३ हेक्टर क्षेत्रफलमा रोपाई भएको

त्यसैगरी कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर, बाजुरामा सात हजार तीन सय तीन हेक्टर, बझाङमा १२ हजार पाँच सय, अछाममा १६ हजार पाँच सय ९० डडेल्धुरामा हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपाई भएको हो

बाँकी तीन जिल्लामा पनि करिब रोपाई सम्पन्न भइसकेको दार्चुलामा धान रोपाई हुने कुल क्षेत्रफलको ९८ दशमलव ६६ प्रतिशत रोपाई सकिएको चार हजार चार सय ८० कुल क्षेत्रफलमा चार हजार चार सय २० हेक्टरमा रोपाई सकिएको

त्यस्तै, डोटीमा ९० दशमलव ०१ प्रतिशत बैतडीमा ९८ दशमलव ५६ प्रतिशत रोपाई सकिएको डोटीको हजार चार सय २६ हेक्टरमध्ये पाँच हजार सात सय ८४ हेक्टरमा बैतडीमा पाँच हजार दुई सय २५ हेक्टरमध्ये पाँच हजार एक सय ५० हेक्टरमा रोपाई सकिएको

निर्देशक शर्मालेबाँकी रहेका जिल्लाहरुमा एक÷दु्ई दिन भित्रै रोपाई सम्पन्न हुने बताए सबै तिर सिचाँई सुविधा नभएर पनि ढिलाई भएको उनले बताए

अहिले खेतीपाती गर्नका लागि विभिन्न उपकरणहरु प्रयोग गरिने हुँदा पनि रोपाई गर्न कृषकहरुलाई सहज हुन थालेको रोप्नका लागि समय पनि कम लाग्ने गरेको उनले बताए

जिल्ला अनुसार फरकफरक जातको धान रोपिने गरेको उनको भनाई रहेको सबै जिल्लाको हावापानी एक नासको नभएका कारणले गर्दा पनि जिल्ला अनुसार फरकफरक जातका धान रोपिने गरेको उनले बताए

निर्देशक शर्माले कैलालीमा सर्जु ५२ धान बढी रोपिने गरेको बताए राम्रो फल्ने छिटो पाक्ने भएपछि किसानहरुले यो धान बढी रुचाउने गरेको उनको भनाइ

कैलालीमा सर्जु ५२ भन्ने धान बढी रोपिन्छ, यो धान अलिकति सुख्खा पनि सहन्छ बढी पानी पनि सहन्छ, खानमा अडिलो उत्पादन राम्रो , त्यही भएर यो धान रुचाएको पाइन्छ, उनले भने

कैलालीमा सर्जु ५२ सँगै राधा पनि रोपिने गरिन्छ कञ्चनपुरमा भने राधा सँगै अरु नयाँ जातका धानहरु रोप्ने गरिएको निर्देशक शर्माले बताए

अहिले नयाँनयाँ जातहरु पनि आइराछन्, हर्दिनाथ , , भन्ने , सुख्खा , सुख्खा भन्ने , सावित्री भन्ने , थुप्रै छन् जातहरुउनले भने तराईमा हाइब्रेड जातको धानहरु लगाउने गरिएकामा पहाडतिर भने हाइब्रेड नलगाई खुमलफेरिज जातको धान केही स्थानीय जातका धान लगाइने गरेको उनले बताए  

हिजो आज परेको पानीले धानलाई राम्ररै गर्छ किन भने कैलाली, कञ्चनपुरका जमिनमा चिरा परिसकेको थियो पहाडतिर पनि सुख्खा हुन थालिसक्या थियो उत्पादनमा ह्रास आउन थालिसक्या थियो पानी परेर केही भएपनि राहत ¥या , उनले भने