धनगढी पोष्ट
बिहिबार, १७ साउन २०८१ मा प्रकाशित
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले प्रदेशको इन्चार्जमा भट्टलाई तोकेको हो
बैठकले अन्य ६ प्रदेशका इन्चार्जहरू समेत तोकेको छ । कोशीको इन्चार्जमा शेरधन राई, मधेश प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र बागमती प्रदेशको इन्चार्जमा राजन भट्टराईलाई तोकेको छ ।
यसैगरी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी किरण गुरूङलाई दिएको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल,कर्णाली प्रदेशको इन्चार्जमा गोरखबहादुर बोगटी तोकेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यसअघि अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज नै थिए। बाँकी प्रदेशमा भने नयाँ इन्चार्ज तोकेको हो । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।