धनगढी पोष्ट 
                                बुधबार, ०७ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
  पुष्पलाल स्मृति दिवसका अवसरमा धनगढी–३ शान्ति सामुदायिक वनमा पुष्पलाल मित्रता केन्द्र कैलालीले  वृक्षा रोपण गरेको छ । 
सो अवसरमा विभिन्न प्रजातिका ४ सय ५० बोट रोपिएको मित्रता केन्द्रका सचिव दिर्घ जोशीले बताए । 
सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावण मन्त्री माया भट्टले वृक्षारोपण उद्घाटन गरेकी थइन् ।