धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  आज विश्वासको मत लिने भएका छन् ।

गत बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका थिए। विश्वासको मत प्रयोजनका लागि आज ४ बजे प्रदेशसभा बैठक बस्दैछ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेका छन् । 

असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिन लागेका हुन्।