धनगढी पोष्ट
शुक्रबार, १८ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका हुन् ।
’विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ।
म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,’ प्रदेशसभामा सम्बोधन गर्दै उनले भनेका छन् ।