धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिमको मुख्यमन्त्रीमा साउन २० सम्म दावी पेश गर्न प्रदेश प्रमुखको आव्हान

सुदुरपश्चिमको मुख्यमन्त्रीमा साउन २० सम्म दावी पेश गर्न प्रदेश प्रमुखको आव्हान

धनगढी । सुदुरपश्मि प्रदेशको मुख्यमन्त्रीमा साउन २० गतेसम्म दावी पेश गर्न  सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मिया अलीले दलहरुलाई आव्हान गरेका छन् ।

संविधानको धारा १६८को उपधारा २ बमोजिम सुदुरपश्मि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा  बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आइतबार साझ पाँच बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले प्रदेश सभामा बहुमत प्रमाणित गर्न नसकेपछि शुक्रवार पदबाट राजीनामा दिएका हुन् ।

नेकपा एमालेले  गत असार २० गते समर्थन फिर्ता लिएपछि  मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि प्रदेश सभामा बहुमत प्रमाणित गर्न पाएको ३० दिनको अन्तिम दिन शुक्रवार सकिएको छ ।