धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान

धनगढी । सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रदेश प्रमुख नजिर मियाले  संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा  मुख्यमन्त्रीमा तीन दिन भित्र दाबी पेश गर्न आव्हान गरेका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  शुक्रबार पदबाट राजीनामा दिएपछि शुक्रबार साँझनै विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मियाले आइतबार बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका हुन् । सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने तयारी गरेका  छन् । दुई दलबीच प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति छ ।