धनगढी पोष्ट शुक्रबार, २८ भदौ २०८१   September 13, 2024
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

गेटा आखा अस्पतालले तीन लाख आठ हजार जनालाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको दुई दिन सँचालित वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीले गेटा आँखा अस्पताल तथा अन्तरगतका आँखा अस्पताल, उपचार केन्द्र र आँखा शिविरबाट प्रदान गरिने सेवाको वार्षिक  लक्ष्य तोकेको हो ।

गेटा आखा अस्पतालले तीन लाख आठ हजार जनालाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष

धनगढी । गेटा आखा अस्पतालले चालु आर्थिक बर्ष २०८१।२०८२ मा तीन लाख आठ हजार जनालाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष लिएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको दुई दिन सँचालित वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीले गेटा आँखा अस्पताल तथा अन्तरगतका आँखा अस्पताल, उपचार केन्द्र र आँखा शिविरबाट प्रदान गरिने सेवाको वार्षिक  लक्ष्य तोकेको हो ।

अस्पतालबाट आँखा उपचारका सेवा लिने मध्य अठ्ठाईस हजारलाई आँखाको शल्यक्रिया सेवा प्रदान गर्ने लिइएको  गेटा आखा अस्पतालले जनाएको छ ।

अस्पताल तथा अन्तरगतका कार्यक्रमहरुबाट आर्थिक वर्ष २०८०।८१ मा दुई लाख सत्तरी हजार बढीले आँखा उपचार सेवा लिएका छन् ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ प्रदेश समिति उपसभापति भुपेन्द्र थापा, प्रदेश समिति सदस्य करुणाकर भट्ट, नेत्रज्योति संघ कैलालीका सचीव नरेन्द्र राज शर्मा, गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्त, प्रमुख प्रशासक  दीर्घ बहादुर चन्द, विभागीय प्रमुखहरु, गेटा आँखा अस्पताल अन्तरगतका आँखा अस्पतालहरु, उपचार केन्द्रहरुका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २४ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई  यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।