धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

अबैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा

अबैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा

धनगढी । कैलालीमा अबैध काठसहित तीनवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले अबैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।