धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

सुदूरपश्चिममा प्राकृतिक विपदका चार सय ६६ घटना

सुदूरपश्चिममा प्राकृतिक विपदका चार सय ६६ घटना

धनगढी । सुदूरपश्चिममा प्राकृतिक विपदका घटनाबाट ठूलो संख्यामा घटना र आर्थिक क्षति भएको छ ।

२०८१ साल बैशाख १ गतेदेखि साउन १७ गतेसम्म चार सय ६६ घटना र ७५ करोड सात लाख ५३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो । प्राकृतिक विपदका घटनाबाट मानविय क्षति, भौतिक क्षति र चौपाया क्षति भएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह बिष्टले विपद सम्बन्धीका साम्रागीहरु विपत क्षेत्रहरुमा वितरण गरिसकेको बताए ।

‘सोत्र साधनले भ्याय अनुसार हामी तयारी मै छौँ । प्रयाप्त त विपदमा जति सामग्री भएपनि प्रयाप्त त हुँदै हुँदैन । तैपनी आफनो तरिकाले भ्याउने गरेर तयारी गरेका छौँ,’ सूचना अधिकारी बिष्टले भने । 

तीन वटै घटनाका क्रममा अन्य, आगलागी, करेन्ट, चट्याङ, पहिरो, पानीमा डुबेर, सवारी दुर्घटना, खोलाले बगाएको, बाढी, भारी वर्षा, भिरबाट लडेर, सर्पदंश र जंगली जनावर गरेर चार सय ६६ घटना घटेका छन् । 

तीन वटै घटना क्रममा अन्य मात्र ३७ घटना घटेका छन् । आगलागीबाट एक सय ३१ घटना, करेन्टबाट २६ घटना, चट्याङबाट ३१ घटना, पहिरोबाट २२ घटना, पानीमा डुबेर ३१ घटना घटेका हुन् । 

यस्तै सवारी दुर्घटनामा ७४ जना, खोलाले बगाएकामो एक जना, बाढीमा ५२ जना, भारी वर्षामा १८ जना, भिरबाट लडेर आठ जना, सर्पदंशमा २७ जना र जंगली जनावरमा आठ घटना घटेका छन् । 

मानविय क्षतिमा ९२ जनाको मृत्यु, ११ जना बेपता र एक सय ९५ जना घाइते भएका छन् । भौतिक क्षतिमा पूर्ण ६६ वटा र आँशिक तीन सय १२ वटा क्षति भएकोे छ ।

चौपाया क्षति दुई सय ४८ को मृत्यु र घाइते ३० वटा रहेका छन् । मानविय र चौपया क्षतिका १३ जना अझै बेपता रहेका छन् । 

तीन वटै घटनामा आर्थिक क्षति अन्यमा ३५ हजार रुपैयाँ, आगलागिमा ७५ करोड तीन लाख ८३ हजार रुपैयाँ, चट्याङमा ८५ हजार रुपैयाँ र भारी वर्षामा दुई लाख ५० हजार रुपैयाँ गरेर ७५ करोड सात लाख ५३ हजार मुल्य बराबरको आर्थिक नोक्सानी भएको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) को तथ्याङकमा उल्लेख छ । 

प्रदेश सरकारले सम्भावित जोखिमसहित हुन सक्ने अन्य प्रभावलाई दृष्टिगत गरेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पारेको छ ।

वर्षायाममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोपपूर्व अपनाइने सावधानीका उपाय, खोज तथा उद्धार, प्रभावितलाई राहत वितरणका आधारभूत विषय समेटेर सुदूरपश्चिम प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ तयार पारिएको हो । 

यसमा विपत्पश्चात् गर्न सकिने मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा गर्न सकिने आधारभूत विषय पनि समावेश गरिएको छ । विपत् प्रतिकार्य कार्ययोजना स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको मुख्य उद्देश्य यस प्रदेशमा मनसुन अवधिभर हुन सक्ने सम्भावित प्रकोपहरूको आकलन गरी आवश्यक तयारी तथा प्रतिकार्यका लागि न्यूनतम आधार तयार गर्ने रहेको जनाइएको छ ।

विपत् जोखिम न्यूनीकरण र प्रतिकार्यका सम्पूर्ण व्रिmयाकलाप प्रभावकारी बनाउने रहेको केन्द्रले जनाएको छ ।