धनगढी पोष्ट
सोमबार, २६ जेठ २०७७ मा प्रकाशित
धनगढी,
लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै सरकारी र सामुदायिक संस्थाका शटरहरुको भाडा मिनाह गर्न कैलाली उद्योग व्यवसायी संघले माग गरेको छ ।
धनगढीमा रहेका सरकारी र सामुृदायिक संस्थाका शटरमा धेरै व्यवसायीले व्यवसाय संचालन गर्दे आएका र लकडाउनका कारण उनीहरुको व्यवसाय नभएकोले भाड मिनाह गर्न माग गर्दै संघले ज्ञापन पत्र बुझाएको छ । धनगढी भित्र रहेका सरकारी, अर्ध सरकारी, सामुदायिक तथा नीजि संस्थानबाट उपलब्ध सटरको भाडा छुट गराउन सम्बन्धीत निकाय समक्ष ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।
नेपाल सरकारले कोरोना भाइरस रोग फैलिन नदिन जारी गरेको लकडाउनका कारण व्यापार वयवसाय ठप्प हुँदा व्यवसायी संकटमा परेको भन्दै उद्योग वाणिज्य संघले भाडा छुट गर्न माग गरेको अध्यक्ष पुष्पराज कुँवरले बताए ।
‘ धनगढी स्थित सेती प्रादेशिक अस्पताल, खाद्य संस्थान, जिल्ला समन्वय समिति, धनगढी उप–महानगरपालिका, नगर विकास समिति, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, लक्ष्मीनारायण मन्दिर, कृषि सामाग्री केन्द्र लिमिटेड, ऐश्वर्य विद्या निकेतन, जिल्ला खेलकुद विकास समिति, लगायत विभिन्न सरकारी तथा गैर सरकारी संस्थान मार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले भाडा छसटको माग गर्दै ज्ञापनपत्र बुझाइएको उनले बताए ।
‘ सरकारी तथा गैर सरकारी संस्थान मार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले उद्योग वाणिजय संघले ज्ञापनपत्र बुझाएको हो’ अध्यक्ष कुँवरले भने–‘यस विषयमा सरकारले छिट्टै निर्णय गरोस् ।’ कैलाली उद्योग बाणिज्य संघले यस अघि निजी घरवालालाई पनि सटर भाडा छुट दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत ज्ञापन पत्र बुझाएको थियो ।