धनगढी पोष्ट 
                                बुधबार, ०७ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 सुदुरपश्चिम प्रदेश सभा सदस्य देबकी मल्ल आफ्नो निर्वाचन क्षत्रमा जाँदै गर्दा बाटोमा संकास्पद वस्तु भेटिएपछि उनि बाटोमै खलपत्र परेकिछन् । 
 बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा जान हिडेकी मल्ललाई लक्षित गर्दै दुर्गाथलीकै वडा नम्बर–५ मा संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 
 प्रदेश सभा सदस्य मल्लका अनुसार दर्गाथली–५ खेती गाढ भन्ने स्थानमा विच बाटोमा पर्खाल लगाएर त्यस भित्र कालो प्लास्टिक भित्र राखेर केही संकास्पद वस्तु राखिएको छ । विचबाटोमा लगाइएको पर्खालमा यस अघि नजानु भन्दै  नेत्रविक्रम चन्द नेतृत्वको विप्लभ पार्टीको पर्चा समेत फेलापरेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनले संकास्पद वस्तु भेटिएको स्थानमा नेपाली सेनाको टोली खडाइएको बताए । 
 प्रदेशसभा सदस्य मल्ले भने अर्मिले संकास्पद वस्तु पञ्छाएपछि आफु पूर्व निर्धारित कार्यक्रममा जाने बताइन् । ‘मैले जनतालाई आउँछु भन्दै वचन दिएकी छु’ प्रदेश सभा सदस्य मल्लले भनिन्–‘कसैले धम्काएर म धम्किेने व्यक्ति होइन, जनताको माझमा जानेछु ।’