धनगढी पोष्ट
सोमबार, २१ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।
सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो साढे ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।