धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेपाली कांग्रसले टुंग्यायो मन्त्री :  सुदुरपश्चिम सरकारमा सहभागी हुँदै २ मन्त्री,  २ राज्यमन्त्री

नेपाली कांग्रसले टुंग्यायो मन्त्री :  सुदुरपश्चिम सरकारमा सहभागी हुँदै २ मन्त्री,  २ राज्यमन्त्री

 

नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नामा टुंगो लगाएको छ ।  आज (सोमबार ) बसेको संसदिय दलको बैठकले सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

बैठकले  सामाजिक बिकास मन्त्री मेघराज खड्का र सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्कालाई बनाउने  निर्णय गरेको छ । त्यस्तै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा र आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमलाई बनाउने निर्णय गरेको छ ।

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमल बहादुर शाह आइतबार नियुक्त भएका थिए ।  प्रदेश सरकारमा कांग्र्रेस, एमाले र  नागरिक उन्मुक्ति पार्टी सहभागी हुदैछन् ।