धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

एमालेले पुरानौ तीन जनालाई सुदुरपश्चिमको मन्त्रीमा पठाउने

पुरानालाई नै सरकारमा पठाउने सहम

एमालेले पुरानौ तीन जनालाई सुदुरपश्चिमको मन्त्रीमा पठाउने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा पुराना तीन जनालाई नै मन्त्रीमा पठाउने भएको छ ।

पुरानालाई नै सरकारमा पठाउने सहमति भैसकेको र संसदिय दलको बैठकले  केही बेरमा निर्णय गर्ने एमालेका एक सांसदले बताए ।

एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की मन्त्री र निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको छ । पाल, थापा र सार्की गत जेठमा  दिर्घ बहादुर सोडारीको सरकारमा एमालेबाट मन्त्री बनेका थिए ।

सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको छ ।

 एमाले र कांग्रेसको समर्थनमा नेपाली कांग्रेसका कमलब बहादुर शाह आइतबार मुख्यमन्त्री बनेका थिए ।