धनगढी पोष्ट शुक्रबार, २८ भदौ २०८१   September 13, 2024

सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाहको पहिलो  निर्णय  : प्रदेशका अस्पतालमा निःशुल्क रगत  उपलव्ध गराउने

प्रदेशका स्थायी बासिन्दा र प्रदेश्मा कार्यरत  नागरिकको बिपद जोखिम दुर्घटना बीमा गर्ने निर्णय पनि  मुख्यमन्त्री शाहले गरेका छन ।

सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाहको पहिलो  निर्णय  : प्रदेशका अस्पतालमा निःशुल्क रगत  उपलव्ध गराउने

धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले  पदभार ग्रहण गरेको पहिलो दिन सोमबार  प्रदेशका सरकारी अस्पतालमा बिरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन ।  उपचारका लागि अस्पताल आउने बिरामीहरुलाई  रगत खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न  प्रदेश सरकारले निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री शाहले बताए ।    

सुदुरपश्चिम प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा नेपाल रेडक्रस सोसाइटी सितको सहकार्यमा  निशुल्क ब्लड बैङ्क सन्चाल तथा ब्यबस्थापन गर्ने बिसयमा अध्ययन्ब्गरी सोको कार्यान्वयन सम्बन्धमा  आवश्यक निर्णय गर्न सामाजिक बिकास मन्त्रालयलाई निर्देशन दिने  निर्णयमा उल्लेख छ ।               

मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका स्थायी बासिन्दा र प्रदेश्मा कार्यरत  नागरीकको बिपद जोखिम दुर्घटना बीमा गर्ने निर्णय पनि गरेका छन । प्राक्रीतिक बिपदका कारण हुने मानबिय क्षतिलाई सम्बोधन गर्न जोखिम दुर्घटना बीमा कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहले बताए । बिपद जोखीम दुर्घटना बिमा कार्यक्रम सन्चालन गर्नका लागि अध्ययन गरि सो सम्बन्धमा आवश्यक निर्णय गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाइ निर्देशन दिने निर्णय मुख्यमन्त्री शाहले गरेका छन ।             

त्यस्तै प्रदेश मातहत अन्तर्गतका निकायहरुमा बित्तिय अनुशासन र सुशासन प्रबद्र्दन, भ्रष्टाचार न्युनिकरणको अध्ययन गर्न  एक कार्यदल समेत मुख्यमन्त्री शाहले गठन गरेका छन ।  मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालयका  प्रदेश सचिब ( शासकिय सुधार तथा समन्वय महाशाखा ) को सङ्योजकत्वमा गठित तिनव सदस्यिय  समितिले पन्ध्र दिनभित्रा प्रतिबेदन पेश गर्नु पर्नेछ ।