धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा

लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा

धनगढी

     कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ ।  

  गत आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको वाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले केही बेर अघि छापा हानेको जनाएको छ ।

      अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको र केही कागजात नियन्त्रणमा लिएको बताए ।