धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ।

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए। रासस


 


ट्रेन्डिङ