धनगढी पोष्ट
बुधबार, २३ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धि र विकासका सवालमा प्रदेश सभा सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिमले धनगढीमा बुधबार आयोजना गरेको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई र शुभकमाना कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘जनतालाई बाइपास गर्न मिल्दैन, जनताको इच्छा र आकंक्षा बुझेर हामी चल्नुपर्छ । त्यसमा हामी सवै प्रतिवद्ध भएर लाग्ने छौँ’ मुख्यमन्त्री शाहले भने ।
आफनो कार्याकाल सम्म कुनै पनि किसिमको अवरोध आउने वातावरण सिर्जना हुन नदिने उनले बताए ।
बजेट भित्रका गलन शीर्षकहरु र गलत ठाउँमा बजेट विनियोजन भएकामा त्यसलाई सच्चाएर अगाडि बढन तयार रहेको मुख्यमन्त्री शाहले बताए ।