धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेका छन् । 

गत असारमा मनसुनजन्य विपत्तिले प्रदेशमा गरेको क्षतिको सन्दर्भमा छलफलका लागि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गरेका थिए । 

चालु अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।