धनगढी पोष्ट 
                                शनिबार, २६ साउन २०८१  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गरेका छन् । 
यसअघि, आह्वान गरिएको चौथो एवम् विशेष अधिवेशन बुधबार अन्त्य भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले यो अधिवेशनमा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।