धनगढी पोष्ट
बुधबार, ०७ साउन २०७७ मा प्रकाशित
जोशीपुर
जोशीपुर गाउँपालिकामा आजबाट आँखा उपचार केन्द्र खुलेको छ । जोशीपुर गाउँपालिका र च्यारिटी हेल्थ फाउ०डेसन नेपालद्धारा संचालित आँखा उपचार केन्द्रको बुधबार उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राकृष्ण चौधरी, उपाध्यक्ष गिता कठरियाले उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा वडा नंम्बर १ का अध्यक्ष बिधिराम चौधरी, ३ का किशोर कठरिया, ५ का देशराज चौधरी, ६ का नत्थुप्रसाद डगौरा र ७ का जंगबहादुर डगौराको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा समाजसेवी विरबहादुर हमालको पनि सहभागिता रहेको थियो । आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रमको संचालन धर्मराज जोशीले गरेका थिए ।
उपचार केन्द्र बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म संचालन हुने छ । केन्द्रबाट साधारण आँखा जाँच, चश्मा जाँच, आँखामा सामान्य औषधि हाल्ने, आँखाको सामान्य चोटपटक लगायतको सेवा दिईने बताईएको छ ।