धनगढी पोष्ट
सोमबार, २८ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् ।
कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् ।
उनको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ ।