धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्रीले शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।

बुधबार दिउँसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। 


ट्रेन्डिङ