धनगढी पोष्ट
मङ्गलबार, २९ साउन २०८१ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताए ।
दश वर्षीय अबोध बालक झुण्डिएको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।