धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नेकपा माओवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा माल

नेकपा माओवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा माल

धनगढी । नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माल चयन भएकी छन् ।

माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा माल चयन भएकी हुन् ।

उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो । 

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।

यस अघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए । उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो ।