धनगढी पोष्ट
बुधबार, ३० साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।
बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ ।
त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।