धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ । सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।

गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए। 

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले जानकारी दिए। 

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 


ट्रेन्डिङ