धनगढी पोष्ट
बुधबार, ३० साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन् ।
बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाई विश्वासको मत पाएका हुन् ।
उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।
बुधबारको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् ।