धनगढी पोष्ट
बुधबार, ३० साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासमा आफू अझै जिम्मेवारी भएर लाग्ने बताएका छन् । बुधबार विश्वासको मत पाएपछि सञ्चारकर्मीहरु संग आफनो धारण राख्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘सरकार निर्माण गर्न क्रममा दुई ठूला दलका बिचमा एउटा सहमति बनेर सहकार्यका साथ अगाडि बढने जुन हामीले अठोट गरेका छौँ । त्यो अनुसार सुदूरपश्चिममा राजनीति स्थायित्व पनि आएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘हामीले निर्माण गर्न कुराहरु सुदूरपश्चिमलाई अगाडि बढाउने योजनाहरुको बारेमा पनि छलफलका साथ सम्बादका साथ कार्यक्रम अनुसार अगाडि बढने छौँ । दुई तिहाई हाराहारीको सरकार बनेको छ ।’
कार्यक्रम अनुसार अगाडि बढन सकियो भने प्रदेशमा गरिबी घटनाउन र रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने उनले बताए ।
‘भदौको पहिलो हप्ता तिर, दुई ÷चार दिन तल माथि होला । त्यो भित्र हामी बजेट सदनमा प्रस्तुत गछौँ,’ मुख्यमन्त्री शाहले भने । संवैधानिक, कानुनी प्रक्रिया भित्र रहेर छिटो भन्दा छिटो बजेट लाई सदनमा प्रस्तुत गर्ने उनले बताए ।